\'साथीहरू ! हँसिया-हथौडा चुनावचिह्नबाट नतर्सिनुस्\'

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई हँसिया- हथौडा चुनावचिह्नबाट नतसर्न सुझाब दिएका छन्। 

सुर्खेतमा वीरेन्द्रनगरमा पाँचदलीय गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता तथा कार्यकर्तालाई हँसिया-हथौडा चुनावचिह्नबाट नतर्सन सुझाब दिएका हुन्। 

गठबन्धन लोकतान्त्रिक व्यवस्था बचाउन आवश्यक रहेका र त्यसैले गठबन्धन बनेकाले हँसिया-हथौडामा मतदान गर्न कांग्रेस कार्यकर्तालाई उनले सुझाब दिए। 

‘नेपाली कांग्रेसका कार्यकर्ता साथीहरूलाई भन्न चाहन्छु कि अब हँसिया-हथौडा चुनावचिह्नबाट नतर्सिनुस्। किनकि हँसिया-हथौडाको वरिपरि लोकतन्त्रको गोलो घेरा लागेको छ।’

सुझावित समाचार