राजेन्द्र लिङ्देन भन्छन्- राप्रपाको प्रतिस्पर्धी एमाले हो, अरू पार्टी प्रतिस्पर्धा गर्न योग्य छैनन्

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताएका छन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका पार्टीहरू सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै उनले एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको बताएका हुन्। आइतबार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकले नै दुःख पाउने जिकिर गरे।

कांग्रेस र माओवादीलगायत दलका मतदाताले अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै उनले कांग्रेस, कम्युनिस्टको झन्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको दाबी गरे। ‘अहिले कांग्रेस, माओवादी पार्टीमा रहेका मतदाताहरू राप्रपाको सक्रियता खोजिरहेका छन्। कांग्रेस, कम्युनिस्टको झन्डा घरधुरीमा राखेर भए पनि राप्रपालाई भोट दिन मान्छे तयार छन्। यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन,’ उनले भने।

आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने अध्यक्ष लिङ्देनको दाबी छ। उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए।
 

सुझावित समाचार