लामो समय जुत्ता टिकाउने उपाय

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

सु क्लिनर्स 
जुत्तालाई सु क्लिनर्सले सफा गर्नुस् । यदि तपाईंसँग सु क्लिनर्स छैन र तपाईंको जुत्ताको सोलको भाग मात्रै खराब भएको छ भने टुथपेस्ट र ब्रसले यसलाई सफा गर्नुस् । तर, माथिको कपडामा टुथपेस्ट नलगाउनुस्, सोलमा मात्रै लगाउनुस् । 

गिलो भएमा 
पानीले भिजेर अति गिलो भएको छ भने यसलाई बाहिर घाममा राख्नुस् र भित्र कागज कोचिदिनुस् । किनकि, कागजले जुत्ताको पानी सोस्छ र एक वा दुई दिनमै सबै ठीक हुन्छ । 

सु वाइप्स 
‘सु वाइप्स’ डिटर्जेन्टमा भिजाइएको टिस्यु पेपरजस्तै हुन्छ । बाहिर हिँड्दा पर्समा यो बोकेर हिँड्नुस् । जुत्तामा कुनै ठाउँमा वा सोलमा धब्बा लाग्यो भने त्यसले तत्कालै सफा गर्नुस् । त्यसो हुँदा जुत्तामा स्थायी रूपमा धब्बा बस्न पाउँदैन र तत्कालै सफा हुन्छ । यदि तपाईंसँग सु वाइप्स छैन भने अल्कोहलवाला ‘फेस वाइप्स’ले सफा गर्दा पनि हुन्छ । 

गन्ध हटाउन 
बाहिर हिँडेर आउँदा तपाईंको जुत्ता गनाएको हुन सक्छ । तपाईंले र्याकमा जुत्ता राख्नुअघि जुत्ताभित्र सेनिटाइजर छर्कनुस् र एक–एकवटा ग्रिन टीको ब्याग पनि राखिदिनुस् । ग्रिन टीको ब्यागले पसिनाको चिल्लो पनि सोस्छ र गन्ध फैलाउने ब्याक्टेरियालाई पनि हटाउँछ । कागती वा अदुवामिश्रित ग्रिन टी अझै प्रभावकारी हुन्छ । यसले तपाईंको जुत्तालाई फ्रेस राख्छ । 

चुइँचुइँ बन्द गर्न 
जुत्ता चुइँचुइँ कराउँछ भने यसको पनि समाधान छ । जुत्ताको भित्री भाग र तपाईंको खुट्टाबीचको घर्षणले पनि यस्तो भएको हुन सक्छ । विशेषगरी जुत्ताको कानको पार्ट र तुनाबीचको भागमा घर्षण हुँदा यस्तो हुन सक्छ । त्यस भागमा (कानको माथिल्लो भाग) पेट्रोलियम जेली वा भ्यासलिन लगाइदिनुस्, साउन्ड बन्द हुन्छ । 

See More On

सुझावित समाचार