मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी घिमिरेलाई

शनिबार, ५ कार्तिक, २०७९
डिजिटल संस्करण

यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरे र देखापढी न्युज पोर्टलकी रोजिना थापालाई प्रदान गरिएको छ। 

प्रेस सेन्टर नेपाल ललितपुर शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा सेन्टरका इन्चार्ज महेश्वर दाहाल र अध्यक्ष विष्णु सापकोटा जुगलले पुरस्कार हस्तान्तरण गरेका हुन्। पुरस्कारको राशि जनही पाँच हजार एक सय रुपैयाँ छ।  

द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ। यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छिन्। 
 

सुझावित समाचार