खतिवडा र बानियाँलाई आयोगले सोध्यो स्पष्टीकरण

शनिबार, ५ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 

निर्वाचन आचारसंहिताविपरीत प्रतिनिधिसभाका लागि मकवानपुर–२ का उम्मेदवारसमेत रहेका खतिवडाले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीलाई भ्रमणका लागि अग्रिम आर्थिक सहयोग गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको हो। 

यस्तै, मकवानपुर–२ प्रदेश सभा (ख) का उम्मेदवार इन्द्र बानियाँलाई पनि आयोगले स्पष्टीकरण छ। 

सुझावित समाचार