भिटामिन ए र जुकाको औषधि खान छुटेकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने

शनिबार, ५ कार्तिक, २०७९
डिजिटल संस्करण
भिटामिन ए र जुकाको औषधि खान छुटेकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने

फाइल फाेटाे

कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने भएकाे छ। 

कात्तिक २ र ३ मा सञ्चालन गरिएकाे दुईदिने अभियानमा भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई संस्थामा लगेर खुवाउन सकिने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार छुटेका बालबालिकालाई आगामी दुई हप्तासम्म स्वास्थ्य संस्थामा भिटामिन ए र जुकाको औषधि खुवाउन सकिन्छ। गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको थियो। दुई दिनको यो अभियानमा भिटामिन ए तथा जुकाको औषधि खुवाउन छुटेकालाई पनि वैकल्पिक व्यवस्था गरिएको हो। 

सुझावित समाचार