पाँच हजार घुससहित डिल्लीबजार मालपोतका कार्यालय सहयोगी पक्राउ

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौंको डिल्लीबजारस्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडा पाँच हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयाेग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो। 

लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार दिनुपर्छ भन्दै घुस मागेको सूचनाका आधारमा कार्यालय सहयोगी खतिवडालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।  
 
 

सुझावित समाचार