राजनीतिक स्थिरताविना विकास निर्माण असम्भव : प्रकाशमान सिंह

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताविना विकास निर्माण सम्भव नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताए । उनले राजनीतिक स्थिरताबाट नै देश समृद्ध र विकास हुन सक्ने भन्दै आगामी नर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे । उनले राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनका लागि गठबन्धनले हार्नु नहुने बताए ।

उनले भने, ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताका लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नका लागि पनि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आवश्यक छ । अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नका लागि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आवश्यक छ ।’ 

नेता सिंहले गठबन्धनलाई जिताउन देशभरबाट सबै नेता, कार्यकर्ताले सहजताका लागि आवश्यक पहल गर्न आग्रह गरे । 
 

सुझावित समाचार