महालक्ष्मी विकासको लकरमा छुट

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले विशेष (महाबचत) खाता खोल्ने ग्राहकलाई लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । बैंकले कात्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकलाई पहिलो वर्ष लकर सेवा निःशुल्क प्रदान गर्ने योजना ल्याएको हो । 

बैंकका दरबारमार्ग, पुतलीसडक, न्युरोड (काठमाडौं), भैरहवा र न्युरोड (कास्की) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको जनाइएको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने बैंकले जनाएको छ । 

योजनाअन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथै बचत खातामध्येकै सबैभन्दा उच्चतम अर्थात् १० प्रतिशत ब्याज दिएको बैंकको दाबी छ । त्यस्तै, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।

सुझावित समाचार