मिर्गाैलापीडित सनिकालाई कोरियाबाट आर्थिक सहयोग

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

एक लाख २२ हजार आठ सय रुपैयाँ हस्तान्तरण

काभ्रेको बेथानचोक गाउँपालिका– ५ कामीडाँडाकी मिर्गाैलापीडित सनिका तामाङलाई कोरियामा काम गर्ने नेपालीबाट आर्थिक सहयोग प्राप्त भएको छ । केही महिनाअगाडि ‘जो अस्पतालको शय्याबाट हजुरबाका लागि आफ्नो जीवनको भिख मागिरहेकी छिन्’ भन्ने शीर्षकमा नयाँ पत्रिकामा प्रकाशित समाचारको प्रभावले सहयोग संकलनको अभियान चलाइएको थियो ।

स्वर्गीय पिता कुवेरसिंह तामाङकी २० वर्षीया छोरी सनिका तामाङको मिर्गाैलाले काम नगर्ने भएपछि महाराजगन्जस्थित टिचिङ अस्पतालमा नियमित डायलाइसिस गराइरहेकी छिन् । उनको परिवारमा बुबाको भिरबाट लडेर मृत्यु भएको थियाे । आमाले दोस्रो बिहे गरेर अन्तै घरजम गरेकी छिन् ।  दिदीको विवाह भइसकेको छ । उनको परिवारमा अहिले ७० वर्षको हजुरबा मात्रै छन् । 

नयाँ पत्रिकामा समाचार प्रकाशन भएपछि दक्षिण कोरियामा कार्यरत नेपालीले आर्थिक सहयोग संकलन गरी पठाएका हुन् । तामाङ घेदुङ दक्षिण कोरियाका उपाध्यक्ष रामबहादुर तामाङ र काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सानु लामाको सक्रियतामा दुई हप्ता अगाडिदेखि आर्थिक संकलन अभियान सञ्चालन भएको थियो । 

यस अभियानमा कोरियाको विभिन्न संघसंस्थामा आबद्ध समाजसेवी बुद्धिजीवी र इपिएसमार्फत दक्षिण कोरियामा पुगेका नेपालीबाट सहयोग संकलन गरेर पठाइएको रामबहादुर तामाङले बताए । 

‘मैले नयाँ पत्रिकामा एउटा समाचार देखेँ । त्यसपछि सहयोग संकलन गर्ने निर्णय गरेँ,’ तामाङ घेदुङ दक्षिण कोरियाका उपाध्यक्ष रामबहादुर तामाङले भने, ‘हामीले दुई हप्तामा संकलन गरेको एक लाख २२ हजार आठ सय नेपाली रुपैयाँ हस्तान्तरण गरेका छौँ ।’

अभियानमा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत ५१ जना नेपालीबाट आर्थिक सहयोग भएको छ । कोरियन १३ लाख सात हजार आठ सय ४३ वन संकलन भएको तामाङले बताए । उक्त रकम नेपाली विनिमय दरमा एक लाख २२ हजार आठ सय रुपैयाँ भएको र सो रकमा केही दिनअगाडि अस्पतालमै पुगेर मिर्गाैलापीडित सनिकालाई हस्तान्तरण गरिएको छ । 

आर्थिक सहयोग गर्नेहरु

रामबहादुर तामाङ (काभ्रे)– ५० हजार वन, सानु लामा (काभ्रे)– ५० हजार वन, रवि योन्जन तामाङ (रामेछाप) ५० हजार वन, सुरेश थिङ (मकवानपुर) ३० हजार वन, मनोज मगर (काभ्रे)– २१ हजार वन, सुमन चौलागाईं २१ हजार वन, हिमाल स्याङ्तान (काभ्रे) २० हजार वन, सुवास लामा (काभ्रे) ३० हजार वन, प्रदीप बुढाथोकी (काभ्रे)– २१ हजार, आशिष मोक्तान (काभ्रे) २१ हजार, राजकुमार स्याङ्तान चितवन २० हजार, सन्तोष रोकाय (स्याङ्जा) १५ हजार, प्रकाश बस्नेत (कर्णाली) १५ हजार, सुरेश तामाङ (काभ्रे) ३० हजार, केशवमान तामाङ (काभ्रे) १२ हजार तीन सय ४५, रुपेश लोप्चन (काभ्रे) २० हजार, सुरेन्द्र तामाङ (काभ्रे) ४० हजार, आशिष घिसिङ (काभ्रे)– ३० हजार, भूपेन्द्र रुम्बा (काभ्रे) २० हजार, फूलबहादुर तामाङ (काभ्रे) ४० हजार, निर्मल त्रिपाटी ५० हजार, धनराज तामाङ (कास्की) ३० हजार, ईश्वर कठायत (मकवानपुर) २० हजार, चित्र तामाङ (काभ्रे) २० हजार, अमित लामाख (काभ्रे) २५ हजार, विजय अर्याल (चितवन) २१ हजार, आशा लामा २० हजार, धनजित वाइबा (काभ्रे) २० हजार, प्रकाश लोप्चन (काभ्रे) १५ हजार, सुन्दरप्रसाद अधिकारी (नुवाकोट) ११ हजार, सञ्जीव भण्डारी (सिन्धुपल्चोक)– १५ हजार, बाबुराज बस्नेत (रामेछाप) २१ हजार, अभिषेक तामाङ (नुवाकोट)– २० हजार, मीना तामाङ (लमजुङ) ३० हजार, डम्बर रुम्बा (काभ्रे) ४० हजार, सुरज दर्लामी (सिन्धुली) २० हजार, रोज मिलन (काभ्रे) २५ हजार, नवीन श्रेष्ठ (रामेछाप) २० हजार, गंगा लोप्चन (काभ्रे) ३१ हजार, बेलि रुम्बा (काभ्रे) २० हजार, सोम रुम्बा (काभ्रे) ३० हजार, सागर वाइबा (काभ्रे) १५ हजार, नवीन श्रेष्ठ (सिन्धुपाल्चोक) ११ हजार,  रहर लामा (काभ्रे) २० हजार, विकास सुनुवार (नवलपुर) १५ हजार ५५५, टुल्गु लामा ३० हजार, रामचन्द्र श्रेष्ठ (काभ्रे) २० हजार, दावा फिन्जो तामाङ (इलाम) २० हजार, बुद्धिबहादुर तामाङ (नुवाकोट) ५० हजार, हेम पाठक ११ हजार र सुनील लामा (काभ्रे)ले  ३० हजार कोरियन वान सहयोग गरेका थिए ।

सुझावित समाचार