प्रचण्डलाई नेपालको इतिहासमै बढी मतान्तरले विजयी गराउने श्रेष्ठको दाबी

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’लाई गोरखा- २ बाट नेपालको इतिहासमै बढी मतान्तरले विजयी गराउने बताएका छन्। बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै श्रेष्ठले गोरखा- २ मा अध्यक्ष प्रचण्डको जित सुनिश्चित भएको बताए।

एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसमा डुबिरहने संसद्वादको मान्यतालाई लागू नगर्नका लागि प्रचण्ड हरेक निर्वाचनमा फरक-फरक क्षेत्रबाट उठेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए। अध्यक्ष दाहाल युवा अवस्थामा गोरखामा शिक्षण पेसामा आबद्ध भएको, जनयुद्ध सुरु गर्ने पहल गोरखाबाटै भएको, नेपालको एकीकरण गर्ने थलो गोरखा भएकोलगायतका विभिन्न भावनात्मक कारणले गर्दा गोरखाबाट उम्मेदवार बनेकोसमेत उनले प्रष्ट पारे। 
 

सुझावित समाचार