प्रहरीको फिटनेस टिप्स
दैनिक एकदेखि डेढ घन्टा हिँड्छु । बिदाको दिन दुई–तीन घन्टा हिँड्छु । अरू सामान्य दिनमा कम्तीमा पनि एक घन्टा हिँड्छु । सातदेखि आठ किलोमिटर हिँड्छु । छुट्टीको दिनचाहिँ कम्तीमा १० किलोमिटर हिँड्छु ।
अहिले मेरो दैनिक एक्सरइसाइज भनेको यति नै हो । पहिले तन्नेरी अवस्थमा फलामहरू पनि उचालियो । अहिले फलाम उचाल्न सम्भव पनि छैन । मुख्य कुरा शारीरिक रूपमा स्वस्थ रहन खानपानमा सचेत हुनुपर्छ । शरीरलाई फिट राख्न सन्तुलित भोजन नै चाहिन्छ । मन लागेको खानेकुरा मिठो लाग्यो भन्दैमा खानु भएन ।
हाम्रो गुलियो खाने तथा मदिराजन्य पदार्थ खाँदा मासु पनि धेरै खाने बानी हुन्छ । गुलियो खानेकुरा र मदिराजन्य पदार्थ खाँदिनँ । मैले सादा दाल–भात–तरकारी खान्छु । सकेसम्म साँझको समय खाने गर्दिनँ ।
खानैपरेमा सुप, सलाद, सागसब्जी र फलफूल खान्छु । फलफूल स्वास्थ्यका लागि फाइदाजनक छ । स्याउ, केरा, किबी, ड्रागन फ्रुट, मेवालगायतका सबै मौसमी फलफूल खान्छु । त्यसमा ८ बजेआसपास खाने गर्छु । राति धेरै खानेकुरा ढिला खाँदिनँ । घरमै बस्दा सामान्य एक्सरसाइज गर्छु । पुसअप र सेटअप गर्छु । पर्याप्त पानी पिउँछु ।
यतिका लागि मैले डाइटिसियनसँग परामर्श लिएर गरेको पनि होइन । त्यसकारण तपाईंले एक्सरसाइज मात्रै गरेर खानेकुरामा ध्यान दिनुपर्यो, अनि मात्रै तपाईंको शरीर फिट हुन्छ । स्वस्थ रहन दिनमा तपाईंले एक घन्टा समय दिनुभयो भने पनि शरीर फिट हुन्छ ।