मानवशास्त्री डा. ओम गुरुङको निधन

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

मानवशास्त्री तथा समाजशास्त्री प्राडा. ओम गुरुङको निधन भएको छ। गुरुङको ललितपुरकाे हरिसिद्धी क्यान्सर अस्पतालमा ७० वर्षकाे उमेरमा सोमबार निधन भएको हो।

त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिवसमेत रहेका गुरुङले ‘सोसल इन्क्लुजन एटलस अफ नेपाल’ किताब लेखेका थिए। गुरुङ नेपालमा सामाजिक समावेशीकरणका विषयमा बाेल्ने प्रमुख वक्ता थिए। 

सुझावित समाचार