हुम्लाको सिमकाेट-खार्पुनाथ सडकखण्ड अवरुद्ध, ११ किलोमिटरको क्षेत्रमा १२ ठाउँ पहिराे

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

अविरल वर्षाले सडक भत्किएपछि कर्णाली करिडाेरअन्तर्गत सिमकोट-खार्पुनाथखण्ड अवरुद्ध भएकाे छ। दुईसाता अघिदेखि अवरुद्ध सडकखण्ड हिल्सा सिमकाेट सडक याेजनाले नपन्छाउँदा आवतजावतमा समस्या भएकाे हाे।

वर्षाले ठाउँ-ठाउँमा सडक भत्किएर आवतजावतमा समस्या भएकाे खार्पुनाथ गाउँपालिका- १ लालिका वीरबहादुर शाहीले गुनासाे गरे। सराेकारवाला निकायले कुनै चासाे र चिन्ता नगरेपछि सिमकाेट-खार्पुनाथ गाडी चल्न छाेडेकाे शाहीले जानकारी दिए। 

सडक अवरुद्ध भएपछि माेटरसाइकलसमेत आवतजावत गर्नसमेत अप्ठ्यारो रहेकाे सिमकाेट गाउँपालिका-५ का बिमल रावतले बताए। जिल्ला विपद् व्यवस्थापन समिति हुम्लाकाे आपतकालीन बैठकले अवरुद्ध सडक पन्छाउन निर्देशन गरे पनि हिल्सा सिमकाेट सडक याेजना हुम्लाले कुनै चासाे दिएकाे छैन। जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठकले २३ गते निर्णय गरी हिल्सा सिमकाेट सडक याेजना, पूर्वाधार विकास कार्यालय र सिमकाेट गाउँपालिकालाई सडक पन्छाउन भनिए पनि कुनै निकायले चासाे देखाएका छैनन्। 

वर्षाले सिमकाेट-खार्पुनाथखण्डमा ११ किलोमिटर दुरीमा १२ ठाउँमा पहिराेले सडक भत्किएको छ। सडक अवरुद्धसँगै सदरमुकाम सिमकाेट आवतजावत गर्न समस्या देखिएकाे छ। सडक बन्दले गाडी नचल्दा स्थानीय नागरिक, बिरामीलाई सदरमुकाम सिमकाेट आवतजावत गर्न सकस भएकाे पाइएकाे छ।

सुझावित समाचार