नेप्सेमा २ अंककाे गिरावट, कारोबार रकम ५१ करोडमा झर्‍याे

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से २.६१ अंकले घटेर एक हजार आठ सय ५८.३३ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०१ अंकले घटेको छ।

यस दिन कारोबारमा आएका दुई सय १९ कम्पनीको १६ लाख ३१ हजार कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकमसमेत घटेको छ। आइतबार ८० करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ। जसमा बैंक, होटेल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।

सोमबार नेप्से परिसूचक घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आजैदेखि कारोबारमा आएको पिपुल्स पावर कम्पनीको सेयरमूल्य भने ९.९७ प्रतिशत घटेको छ। आज नबिल बैंकको दुई करोड ७९ लाख रुपैयाँ तथा प्रभु बैंकको दुई करोड ६१ लाखको सेयर खरिद–बिक्री भएको छ।
 

सुझावित समाचार