फेसबुकबाट भोट मागेपछि प्रधानाध्यापकसँग आयोगले माग्यो स्पष्टीकरण

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

जिल्ला निर्वाचन कार्यालय पाल्पाले श्री बाल प्रथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीसँग २४ घन्टे स्पष्टीकरण माग गरेको छ। आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै कार्यालयले स्पष्टीकरण मागेको हो।

फलेवास नगरपालिका– ४ मा रहेको विद्यालयका शिक्षक तिवारीले आचारसंहिताविपरीत आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार सामग्री पोस्ट तथा सेयर गरी भोट मागेको विज्ञप्तिमा उल्लेख छ।

जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले तिवारीले आफैँ उपस्थित भई लिखित स्पष्टीकरण दिनुपर्ने निर्णय गरेको छ।

सुझावित समाचार