जोशीको शव अस्पताललाई हस्तान्तरण

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको शव किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ। जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेका थिए। सोहीबमोजिम उनको पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरिएको हो। 

अन्तिम श्रद्धाञ्जलीका लागि उनकाे पार्थिव शरीर ललितपुर महानगरपालिकाकाे प्रांगणमा राखिएको थियो। आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गरिएको छ। 

शताब्दीपुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज बिहान किस्ट अस्पतालमा निधन भएको थियो। उनी ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका थिए। तीनपटक मदन पुरस्कार पाउने उनी पहिलो व्यक्ति हुन्।  

सुझावित समाचार