आधिकारिक निकायकाे परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

आसन्न निर्वाचनमा आधिकारिक निकायले जारी गरेकाे परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने भएकाे छ। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए। रासस

सुझावित समाचार