आँखा स्वस्थ राख्न...

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

बिउ : हरेक फलफूलका बिउ आँखाका लागि स्वस्थकर हुन्छन् । त्यसमा पनि स्याउ, फर्सी, सुन्तला र साल्भिया आदि फलफूलका बिउ बढी स्वस्थकर मानिन्छन् । 

अमिला फलफूल : अमिला फलमा भिटामिन सी पाइन्छ । जसले उमेरसँगै आँखामा बढ्दै जाने समस्याबाट टाढा रहन मद्दत गर्छन् । सुन्तला, अंगुर र कागती आदि यसमा मुख्य स्रोत हुन् । 

हरिया सागसब्जी : पालुंगो, रायो, कोभी र बन्दाकोभीजस्ता हरिया सागपातमा जेकज्यान्थिन र लुटेइनजस्ता पौष्टिक तत्व पाइन्छ । त्यसैले यिनको सेवनले आँखाको दृष्टि तेजिलो बन्छ ।

गाँजर : गाँजरमा भिटामिन ए र बिटाक्यानिन पाइन्छ । भिटामिन एले रोडोप्सिन नामक प्रोटिन बनाउँछ । जसले आँखाको रेटिना स्वस्थ राख्न मद्दत गर्छ ।

आलु : आलुमा बिटाक्यारोटिन, एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइने भएकाले दृष्टिका लागि लाभदायी मानिन्छ । 

अन्डा : अन्डा भिटामिन सी र ईको राम्रो स्रोत हो । यसले आँखामा आउने कमजोरी न्यूनीकरण गर्छ । 

See More On

सुझावित समाचार