विद्युत् अवरुद्ध भएपछि हुम्लाकी सिडिओ आफैँ जुटिन् मर्मतमा

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

१३ दिनदेखि हुम्लाको सदरमुकाम सिमकोटमा विद्युत् अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी सीता परियार मर्मतमा आफैँ सहभागी भएकी छिन् ।  विद्युत् सेवालाई छिटोभन्दा छिटो सञ्चालन गर्न उनी आफैँ अवरुद्ध स्थलमा पुगेर काममा खटिएकी हुन् ।

वैकल्पिक उपाय निकालेर तत्काल विद्युत् सञ्चालन गर्न सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लास्थित राजनीति दल, हुम्ला उद्योग वाणिज्य संघ र गाउँपालिकाबाट श्रमदान गरी छिटो मर्मतका लागि जुटेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन् । 

दुई–तीन दिन नियमित काम गरी विद्युत् सञ्चालनमा ल्याउने प्रजिअ परियारको भनाइ छ । पहिरोले हिल्दुम साना लघु जलविद्युतमा ठूलो क्षति भएपछि १३ दिनदेखि हुम्लामा विद्युत् अवरुद्ध भएको छ । 

सुझावित समाचार