एमालेका बागीहरू स्वत: निष्कासित, प्रस्तावक र समर्थकलाई पनि कारबाही

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार दिने बागी उम्मेदवारहरू स्वतः पार्टीबाट निष्कासित हुने भएका छन् । उम्मेदवारी दिने मात्रै नभएर उम्मेदवारलाई प्रस्ताव र समर्थन गर्ने पनि निष्कासित हुने पार्टी उपप्रमुख तथा प्रचारप्रसार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए । 

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘हाम्रो पार्टी नेकपा (एमाले)का उम्मेदवारहरूका विरुद्धमा उम्मेदवारी दिने, समर्थन र प्रस्ताव गर्नेहरू कमिटी/पार्टी सदस्यहरू स्वत: पार्टीबाट निष्कासित हुने नीतिगत निर्णय यसअघि नै भइसकेको छ र यस सम्बन्धमा थप निर्णय गरिरहनुपर्ने छैन । पार्टी कमिटी र सदस्यबाट उनीहरूको अभिलेख सम्बन्धित कमिटीहरूले हटाउनेछन् ।’

See More On

सुझावित समाचार