सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालतमा लगिँदै

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदै छ । नाबालिगमाथि जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।

गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई सात दिन म्याद थपिएको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए । 
 

सुझावित समाचार