घर भत्किएर गम्भीर घाइते भएका चारजनाको चार दिनपछि हेलिकोप्टरबाट उद्धार

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

अविरल वर्षाले घर भत्किएर गम्भीर घाइते भएका चंखेली र ताजाँकोट गाउँपालिकाका चारजनाको नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिका- ६ का ४२ वर्षीय देउचे कामी, २८ वर्षीया उनकी श्रीमती अवकति कामी, उनका तीन  वर्षका छोरा तपेन्द्र कामी र ताजाँकोट गाउँपालिका- ५ का सात वर्षीय केशव परियारको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

घाइतेलाई सुर्खेतस्थित प्रदेश अस्पालमा लगेर भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले जानकारी दिए । मौसम खराब भएपछि चार दिनपछि मात्रै उनीहरूको उद्धार गरिएको डिएसपी ओझाले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी सीता परियार, जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझा, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको विशेष पहलमा घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

चारजनाकाे मृत्यु

यसैगरी, वर्षाले घर भत्किँदा चंखेली गाउँपालिका- ६ का ६५ वर्षीय तुल्सी कामी, सात वर्षीय होइजाली कामी, पाँच वर्षीय वसन्त विक, नाै वर्षीया सुस्मिता विकको चार दिनअघि घटनास्थलमै मृत्यु भएको थियाे ।

See More On

सुझावित समाचार