चाङ्ला हिमालमा सात पर्यटक अलपत्र

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण
चाङ्ला हिमालमा सात पर्यटक अलपत्र

प्रतिकात्मक तस्बिर

हुम्लाको सिमकोट गाउँपालिकास्थित चाङ्ला हिमालमा सात पर्यटक अलपत्र परेका छन्। हिमपातका कारण पाँच बेलायती र दुई नेपाली पर्यटक अलपत्र परेका हुन्।

उनीहरू एक साताअघि चाङ्ला हिमाल आरोहणका लागि गएका थिए। उनीहरूको उद्धारका लागि माउन्टेन हेलिकाेप्टरबाट उद्धार गर्न लागिएको फ्लाइट अफिसर आकृति प्रधानले जानकारी दिइन्।

गृह मन्त्रालयबाट परिपत्र आइसकेपछि हेलिकाेप्टर लैजाने अनुमति दिइने हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्।

सुझावित समाचार