विनोद चौधरीले दिए नवलपरासी- १ बाट उम्मेदवारी

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। 

उनको प्रस्तावकमा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं संविधानसभा सदस्य विक्रम खनाल छन् भने समर्थकमा कांग्रेसको प्रतापपुर गाउँपालिका सभापति उमेशचन्द्र यादव छन्। चौधरी सत्तागठबन्धनबाट साझा उम्मेदवार हुन्। 


नवलपरासी– १ मा प्रतिनिधिसभा र दुईवटै प्रदेश सभा कांग्रेसले पाएको छ। प्रदेश सभा (क) बाट कांग्रेसका विश्वप्रेम पाठक उम्मेदवार बनेका छन् भने प्रदेश सभा (ख)तर्फ देवकरण कलवार सन्तु उम्मेदवार बनेका छन्। 

सन्तु दोस्रो संविधानसभा सदस्य हुन् भने अघिल्लो निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार थिए ।

सुझावित समाचार