नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
नेता पोखरेलले केहीबेरअघि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। नेता पोखरेलसँगै प्रदेश सभा सदस्यका लागि एमालेका दीपक निरौला र नारायण सिलवालले पनि उम्मेदवारी दर्ता गराएका छन्।