रुकुम पश्चिमबाट अर्थमन्त्री शर्माको उम्मेदवारी दर्ता

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा सत्तागठबन्धनको तर्फबाट अर्थमन्त्री शर्माले उम्मेदवारी दर्ता गराएका हुन्। 

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका शर्माले सो क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका छन्। यसअघि ०७४ को निर्वाचनमा निकट प्रतिद्वन्द्वी कांग्रेसका गोपालजंग शाहलाई १८ हजार सात सय ४३ मतान्तरले हराउँदै शर्मा निर्वाचित भएका थिए।

उक्त निर्वाचनमा शर्माले ३४ हजार चार सय दुई मत प्राप्त गर्दा कांग्रेसका शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए।

माओवादीको आधार इलाका रहेको जिल्लाको दुईवटै प्रदेश सभा सदस्य पदमा पनि माओवादीले उम्मेदवारी दिएको छ। प्रदेश (क)मा महेन्द्र केसी र प्रदेश (ख)मा राजकुमार शर्माले मनोनयन दर्ता गरेका कारण तीनवटै सिटमा माओवादीको उम्मेदवारी परेको छ।

सुझावित समाचार