एमाले परित्याग गरेका नेता घनश्याम भुसालले पार्टीभित्र १० बुँदेको मर्मअनुसार अघि बढिरहेकाहरुलाई अध्यक्ष केपी ओलीले ‘कत्लेआम’ गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेका भुसालले शनिबार रुपन्देहीका सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
दसबुँदे दश भाइको कुरा मात्र नभएको भन्दै उनले त्यसको मर्मअनुसार अघि बढिरहेकाहरूलाई विगतमा पनि अवसरको ढोका बन्द गरिएको र हाल ‘कत्लेआम’ गरिएको जिकिर गरे ।
उनले पार्टीभित्र विचारको कुरा गर्दा सधैँ अपमानित हुनुपरेको बताए । ‘विचारको कुरा गर्दा सधैँ अपमानित हुनुपर्यो । आफूले विचार बहस, छलफल गर्ने कुनै ठाउँ पाइनँ । मूल्य हराउँदै गएको राजनीतिमा मेरो आलोचना गर्नु स्वाभाविक हो ।’