कर्णाली राजमार्गको दरवारे भीरको सडक भासियो, सडक अवरुद्ध

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

चार दिनदेखिको वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत दुल्लू नगरपालिका वडा नं. २ मा पर्ने दरवारे भिरमा ८० मिटर सडक भासिएको छ। सडकको आधाभन्दा बढी भाग बगेको छ। 

शुक्रबार दिउँसोदेखि कर्णाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र छन्। अवरुद्ध सडक खुलाउन जिल्लाका सवै सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। 
 

सुझावित समाचार