एमाले रामेछापले लगायो उम्मेदवारको टुंगो

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले रामेछापले उम्मेदवारको टुंगो लगाएको छ। नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको लागि पार्टी जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुुंगेललाई उम्मेदवारी बनाएको छ।

त्यस्तै, प्रदेश सभा 'क' तर्फ एमालेका पूर्वजिल्ला अध्यक्ष एवं बागमती प्रदेश सांसद शान्तिप्रसाद पौडेल र प्रदेश सभा 'ख' तर्फ मिलनकुमार घिसिङलाई उम्मेदवार बनाएको छ। त्यस्तै, प्रदेश सभा 'क' तर्फ यसअघि प्रदेश सभामा निर्वाचित भएका शान्तिप्रसाद पौडेललाई पुनः यसपटक पनि उम्मेदवार बनाएको छ। पौडेल केही समय बागमती प्रदेश सरकारको पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत भएका थिए।

यसैगरी, प्रदेश सभा 'ख' तर्फका उम्मेदवार  मिलन घिसिङ नेकपा एमालेमा नयाँ अनुहार हुन्। 
    

See More On

सुझावित समाचार