चितवन क्षेत्र ३ बाट डा. भोजराज अधीकारी माओवादी केन्द्रबाट उठ्ने बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेर गोरखा २ बाट उम्मेदवार बन्ने भएपछि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी उक्त निर्वाचन क्षेत्रबाट लड्ने भएका हुन्।
यस विषयमा उनीसँग बुझ्दा पार्टीले तयारी गर्नुस् भने पनि आधिकारिक निर्णय नआएको बताए। चितवन ३ (ख) बाट भने ठाकुरप्रसाद ढकाल उठ्ने बताइएको छ।
प्रचण्डले यसअघि सक्रिय राजनीति नगरेका तर सामाजिक छवि भएकाहरूलाई पार्टीले स्थान दिने बताएका थिए।
सोहीअनुसार डा. अधिकारीलाई उम्मेदवार दिएको हुन सक्छ। प्रदेश उम्मेदवार ढकाल भने यसअघि माडी नगरपालिकाका मेयर भइसकेका व्यक्ति हुन्।