यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ। गठबन्धनका तर्फबाट १६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको सो पार्टीले सबै उम्मेदवारको नाम टुंगो लगाएको हो।

एकीकृत समाजवादीले दुवै सभाका समानुपातिक उम्मेदवारको नाम भने यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ।

यी हुन् उम्मेदवारहरू :

१. इलाम क्षेत्र नं. १ : झलनाथ खनाल 
२. उदयपुर क्षेत्र नं. २ : जगन्नाथ खतिवडा 
३. रौतहट क्षेत्र नं. १ : माधवकुमार नेपाल 
४. बारा क्षेत्र नं. ४ : कृष्णकुमार (किसान) श्रेष्ठ 
५. काठमाडौं क्षेत्र नं. ८ : जीवनराम श्रेष्ठ 
६. ललितपुर क्षेत्र नं. २ : कृष्णलाल महर्जन 
७. धादिङ क्षेत्र नं. १ : राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र नं. २ : विरोध खतिवडा 
९. कास्की क्षेत्र नं. २ : श्रीनाथ बराल 
१०. गुल्मी क्षेत्र नं. २ : रामकुमारी झाँक्री 
११. पाल्पा क्षेत्र नं. २ : सोमप्रसाद पाण्डे 
१२. रुपन्देही क्षेत्र नं. २ : राजु गुरुङ 
१३. दाङ क्षेत्र नं. १ : मेटमणि चौधरी 
१४. सल्यान : प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा : धनबहादुर बुढा मगर 
१६. दैलेख क्षेत्र नं. १ : अम्बरबहादुर थापा 
१७. अछाम क्षेत्र नं. १ : शेरबहादुर कुँवर 
१८. बझाङ : भानुभक्त जोशी 
१९. डोटी : प्रेमबहादुर आले

सुझावित समाचार