गोरखाको मनास्लु इलाकाबाट दुई इजरायलीसहित आठको उद्धार

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

नेपाली सेनाले केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र ६ नेपालीलाई उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार इजरायली नागरिक ओरी ओरअफ र यरिभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएको हो । उद्धार गरिएका आठैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।

See More On

सुझावित समाचार