यी हुन् एमाले मकवानपुरका उम्मेदवार

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेले मकवानपुरमा प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लगाएको छ । एमालेले मकवानपुरका दुईवटा प्रतिनिधिसभा र चारटा प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंग्याएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

एमालेले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने भएको छ । यस्तै  प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बागमती प्रदेश सहसचिव महेश बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रदेश सभातर्फ १ को (क) मा कमल विष्ट र (ख) मा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, प्रदेश सभातर्फ क्षेत्र नम्बर २ को (क) मा विष्णु ढकाल र (ख) मा जिल्ला उपाध्यक्ष लालबहादुर थापालाई टिकट दिएको छ ।

उम्मेदवार टुंग्याएसँगै एमालेले मकवानपुरमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आगामी निर्वाचनमा समर्थन नगर्ने निश्चित भएको छ ।
 

सुझावित समाचार