बाराको जितपुर–सिमरामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये नाैजनाको सनाखत भएको छ।
हेटौँडाबाट वीरगन्जजतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– ७ का ५५ वर्षकी शुभलक्ष्मी श्रेष्ठ, २० वर्षकी स्वस्तिका श्रेष्ठ छन्। यस्तै, पर्साको वीरगन्ज महानगरपालिका– १६ की मुन्नीदेवी चौरसिया, बाराको कलैया–१० की नगरिन खातुन, बाराको अमलेखगन्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुंगाका ४५ वर्षका लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कँडेल र पर्साको वीरगन्ज– १६ का सकेमप्रसाद चौरसिया रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन् । दुर्घटनामा ३२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
घाइतेहरूको हेटौँडाको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, मकवानपुर सामुदायिक र भरतपुरका दुई मेडिकल कलेजमा उपचार भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए। प्रहरीका अनुसार बसमा ५१ जना यात्रु सवार थिए।
दुर्घटनामा घाइते भएका २१ जनाकाे भरतपुरस्थित पुरानो मेडिकल कलेज (सिएमएस) र नयाँ मेडिकल कलेज (सिएमसी) मा उपचार भइरहेको छ।
सिएमएसमा उपचाररत घाइतेहरू
१. नामथर बतन नखुलेकी वर्ष १५ की महिला (अवस्था गम्भीर)
२. जिल्ला पर्सा वीरगन्ज मनपा– १६ बस्ने वर्ष २ की साक्षी चौरसिया (अवस्था मध्यम)
३. ऐ.ऐ.बस्ने वर्ष ९ को दिव्या चौरसिया (अवस्था मध्यम)
४. ऐ.ऐ. बस्ने वर्ष ३५ की लक्ष्मीया देवी (अवस्था मध्यम)
५. ऐ.ऐ. बस्ने वर्ष २२ की रविना चौरसिया (अवस्था मध्यम)
६. ऐ.ऐ. बस्ने वर्ष २५ को सन्दीप चौरसिया (अवस्था मध्यम)
७. जिल्ला चितवन खैरहनी नपा– ८ बस्ने वर्ष ५४ को भीमसेन अधिकारी (अवस्था मध्यम)
८. ऐ.ऐ. बस्ने वर्ष ३८ की रविना अधिकारी (अवस्था मध्यम)
९. ऐ.ऐ. बस्ने वर्ष १७ को सन्देश अधिकारी (अवस्था मध्यम)
१०. ऐ.ऐ. बस्ने वर्ष १४ की सृष्टि अधिकारी (अवस्था मध्यम)
११. जिल्ला मकवानपुर हेटौँडा उमनपा– १४ बस्ने वर्ष ३४ की मञ्जुकुमारी लोप्चन (अवस्था मध्यम)
१२. ऐ.ऐ.बस्ने वर्ष ७ की सुवानी घिसिङ (अवस्था मध्यम)
१३. ऐ.ऐ.बस्ने वर्ष १२ को विज्ञान घिसिङ (अवस्था मध्यम)
१४. ऐ.ऐ.बस्ने वर्ष १४ को अमृत लोप्चन (अवस्था मध्यम)
१५.ऐ.ऐ. बस्ने वर्ष १४ को प्रशान्त स्याङ्तान (अवस्था मध्यम)
सिएमसीमा उपचाररत घाइतेहरू
१. जिल्ला मकवानपुर हेटौँडा उमनपा– १४ बस्ने वर्ष ४४ की ठूलीमाया लोप्चन (अवस्था मध्यम)
२. जिल्ला चितवन भरतपुर मनपा– २२ बस्ने वर्ष २१ को आयुष बास्तोला (अवस्था मध्यम)
३. जिल्ला चितवन राप्ती नपा– ८ बस्ने अन्दाजी वर्ष ६४ को प्रसाद त्रिपाठी (अवस्था मध्यम)
४. जि. चितवन खैरहनी नपा– ५ बस्ने वर्ष १८ की अस्मिता बानियाँ (अवस्था गम्भीर)
५. जि. बारा करैया गापा ११ बस्ने वर्ष १८ की रितिका चौधरी (अवस्था मध्यम)
६. मृतक ऐ.ऐ. बस्ने वर्ष १५ की प्रीतिका चौधरी – १६ः३० मा मृत्यु ।