बारा दुर्घटना : मृतकको संख्या १५ पुग्यो [अपडेट]

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २२ मा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १५ पुगेको छ। दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र ६ महिला रहेकाे प्रहरीले जनाएकाे छ। 

चितवनको नारायणगढबाट वीरगन्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो। 

दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए।  

गम्भीर घाइेतेको तीनजनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।

घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते  भएकालाई थप उपचारका लागि चितवन लगिएको छ। मृतकको सनाखत हुन बाँकी छ ।

सुझावित समाचार