पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर–सिमरा– २२ तीन नम्बर पुलनजिकको मोडमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
दुर्घटनामा ३२ जना घाइते भएका छन्। घाइतेहरूकाे हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएकालाई थप उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज (सिएमएस) र नयाँ मेडिकल कजेल (सिएमसी) मा ल्याइएको छ।
हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियाे।