स्वस्थ प्रतिस्पर्धाका लागि ओलीको आग्रह

मंगलबार, १८ असोज, २०७९
डिजिटल संस्करण
स्वस्थ प्रतिस्पर्धाका लागि ओलीको आग्रह

एमाले अध्यक्ष केपी ओली । तस्बिर : नयाँ पत्रिका अर्काइभ

एमाले अध्यक्ष केपी ओलीले दलहरूबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्न आग्रह गरेका छन् । उनले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मंगलबार झापाको बिर्तामोडमा भएको शुभकामना कार्यक्रममा ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए । उनले बहुदलीय प्रतिस्पर्धा ठूलो संघर्ष गरेर ल्याइएको भन्दै स्वस्थ प्रतिस्पर्धाले मात्र लोकतन्त्रलाई बलियो बनाउने जिकिर गरे । 

सुझावित समाचार