भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

मंगलबार, १८ असोज, २०७९
डिजिटल संस्करण

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।

फ्रान्सका अलाँ आस्पेय, अमेरिकाका जोन क्लाउजर र अस्ट्रियाका एन्टोन जेइलिंगरलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो।
  
क्वान्टम मेकानिक्सको खोजीका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरूलाई सम्मानित गर्न लागिएको हो। 

उनीहरूलाई ‘अल्झिएको फोटोनहरूको प्रयोग, बेल असमानताहरूको उल्लंघन स्थापित गर्न र क्वान्टम सूचना विज्ञानको अग्रगामी स्थापना गर्नका लागि’ खोज तथा योगदान गरेबापत सम्मानित गरिएको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार समितिले एक विज्ञप्ति जारी गर्दै जनाएको छ। 

खोजले दुई उपपारमाणविक कणहरू छुट्टिए पनि एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ ।

प्रत्येक वैज्ञानिकले ‘जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर आधारभूत प्रयोगहरू गरे, जहाँ दुई कण अलग हुँदा पनि एउटै एकाइजस्तै व्यवहार गर्छन्,’ समितिले भनेको छ, ‘खोज परिणामहरूले क्वान्टम जानकारीमा आधारित नयाँ प्रविधिको लागि मार्गप्रशस्त गरेको छ ।’

भौतिकशास्त्रको नोबेल कमिटीका अध्यक्ष एन्डर्स इरब्याकले भने– नयाँ प्रकारको क्वान्टम प्रविधिको उदय भइरहेको खोज र यसको परिणामबाट स्पष्ट भएको छ।

फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध वैज्ञानिक हुन्। 

अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी स्थापना गरी वैज्ञानिक खोज गर्दै आएका छन्। 

त्यसैगरी, ७७ वर्षका एन्टोन साइलिंगर भियना विश्वविद्यालयमा संलग्न वैज्ञानिक हुन्। यी तीनजनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत स्विडेनका वैज्ञानिक स्भान्ट पेयबुलाई प्रदान गर्ने घोषणा गरिएको छ। 

सुझावित समाचार