नेफेजको अध्यक्षमा अधिकारी निर्वाचित

शनिबार, ८ असोज, २०७९
डिजिटल संस्करण

नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा रोशनी अधिकारी निर्वाचित भएकी छिन्। शुक्रबार अबेर राति सम्पन्न नेफेजको ३७औँ साधारणसभाबाट अधिकारीले अध्यक्षका प्रत्यासी सुवोध गौतमलाई एक मतले पराजित गरेकी हुन्।

अधिकारी २४ मतसहित विजयी हुँदा गौतमले २३ मत पाए। कुल ११५ मतदाता रहे पनि ४७ मत मात्र खसेको थियो। नेफेजले आफ्नो इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको हो।

बाँकी पदाधिकारी र सदस्यहरू भने निर्विरोध भएका छन्। उपाध्यक्षमा गोपाल तिवारी, महासचिवमा सविन शर्मा, सचिवमा प्रगति ढकाल र कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन भएका छन्। नेफेजमा महिला सचिव रहने व्यवस्था छ।

सदस्यमा टीका बन्दन, अभयराज जोशी, सृष्टि काफ्ले, सुजता कार्की र शैलेन्द्र पोखरेल चयन भएका छन्। साधारणसभाले लेखा समिति पनि चयन गरेको छ। विजयराज पौडेलको संयोजकत्वमा गठित समितिमा निमेश अधिकारी र शोभा मानन्धर छन्।

See More On

सुझावित समाचार