नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले सामाजिक संजालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताएका छन्। शुक्रबार राष्ट्रिय युवा संघ नेपालको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताएका हुन्।
राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने उनले बताए। नेता बस्नेतले पछिल्लो समय युवाहरुमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने बताए। सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादीे, वाइसियल, कांग्रेस, नेविसंघ लगायतले भ्रम छरेको आरोपसमेत उनले लगाए।
‘अराजक समूह अहिले भौतिक रुपमा वा साइवरमार्फत् माओवादीे, वाइसियल, कांग्रस,नेविसंघ, भिम उपध्याय भएर, खगेन्द्र संग्रौला, बालेन साहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छ’, नेता बस्नेतले भने,‘नेपालमा राजनीतिक अस्थिरता फैल्याउने र दलित, महिलाको पक्षमा, मधेस, जनजातीको पक्षमा बोल्न पार्टी विचार नेता कार्यकतालाई समाप्त गरिदिने र नेपालमा दलालहरु उत्पादन गर्ने महाशक्ति राष्ट्रका खेतला र गोठालाहरु उत्पादन गर्न अराजकतावादी शक्तिहरु लागेका छन्।’