फरक क्षमताका व्यक्तिको अधिकारका लागि देशव्यापी आन्दोलनको चेतावनी

शुक्रबार, ७ असोज, २०७९
डिजिटल संस्करण

राष्ट्रिय अपांग महासंघले अपांग अधिकारका लागि देशव्यापी आन्दोलनको चेतावनी दिएको छ। महोत्तरीमा जारी तेस्रो साधारणसभा सहभागीहरूले यस्तो चेतावनी दिएका छन्। 

उदघाटन समारोहलाई  सम्बोधन गर्दै नेपाली कांग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नीतीशकुमार गुप्ताले संविधान र अन्तर्राष्ट्रिय अपांग महासन्धिले  अपांगता अधिकारको सवालमा धेरै व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे। 

उनले प्रतिनिधिसभा र प्रदेश सभामा समावेशीको निर्वाचन आयोगले अपांग आरक्षण कोटा व्यवस्था नगरेकोमा अपांगलाई भेदभाव गरेकोमा गम्भीर आपत्ति जनाए। 

त्यस्तै, स्थानीय निकायले निर्देशिकाविपरीत अपांग परिचयपत्र वितरण गरी राज्यको पैसा दुरुपयोग गरेकाले यसको छानबिन हुनुपर्ने माग राखे। कार्यक्रममा आठ जिल्लाबाट ९० जना प्रतिनिधिको सहभागिता रहेको छ।

सुझावित समाचार