इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दसैँ–तिहारलाई लक्षित गर्दै ‘स्मार्ट’ अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।
‘स्मार्ट डिल’ अफरअन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार आठ सय ९८ रुपैयाँमा ३२ इन्चको स्मार्ट टिभी र १४ हजार पाँच सय रुपैयाँमा स्मार्ट फोन प्राप्त गर्न सक्ने जनाएको छ । त्यस्तै, ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले एक सय एमबिपिएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार नौ सय ९९ रुपैयाँ र १२ महिनाको इन्टरनेट ११ हजार नौ सय ९९ रुपैयाँमै प्राप्त गर्न सक्ने जनाइएको छ ।
त्यस्तै, तीन सय एमबिपिएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार नौ सय ९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार नौ सय ९९ रुपैयाँ पर्ने जनाइएको छ । सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको कम्पनीले जनाएको छ ।