प्रमाणीकरण नगरे ओहदाको दुरुपयोग हुन्छ : खनाल

मंगलबार, ४ असोज, २०७९
डिजिटल संस्करण
प्रमाणीकरण नगरे ओहदाको दुरुपयोग हुन्छ : खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल । तस्बिर : नयाँ पत्रिका अर्काइभ

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे ओहदाको दुरुपयोग हुने बताएका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । 

‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएन भने ओहोदाको दुरुपयोग हुन्छ,’ खनालले भने, ‘‘संविधानभन्दा माथि कोही पनि छैन । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबै ऐन, कानुनअनुसार चल्नुपर्छ ।’ 

उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई–दुई पटक पारित गरेर पठाएको विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गरे । 
 

सुझावित समाचार