चितवन गोल्डकपको फाइनल आज, आर्मी र सशस्त्र भिड्दै

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण

चितवन गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)बीच प्रतिस्पर्धा हुने भएको छ।  नारायणगढको क्याम्पाचौरमा दिउँसो ३ बजे सुरु हुने दुई विभागीय टोलीबीचको उपाधि भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

एपिएफ नवीन लामा र आर्मी प्रिन्स कार्कीको कप्तानीमा मैदान उत्रिँदै छ। आर्मीले एभिनर एफसी क्यामरुनलाई र सशस्त्रले मनाङ एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

नारायणगढको क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा क्यामरुनको एभिनर एफसी र भारतको मोतीहारी एफसीसहित १० टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको विजेताले सात लाख  र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सुझावित समाचार