अब राष्ट्रमण्डलको भविष्य ?

प्रश्न उठ्छ– के राष्ट्रमण्डल दिवंगत महारानीको आयुमा मात्रै टिकेको थियो ? महारानीका उत्तराधिकारीले यसलाई जोगाउन सक्लान् ?

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण

महारानी एलिजाबेथ द्वितीयको निधनपछि श्रद्धाञ्जलीमा उनका कैयौँ पाटा सम्झिइए, तर ७० वर्षे शासनकालको एउटा पक्ष भने ओझेलमा पर्यो अर्थात् अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडालगायत १५ मुलुकको राष्ट्रप्रमुखको भूमिका भने पाश्र्वभूमिमा रह्यो । उनी ५६ मुलुकहरूको समूह कमनवेल्थ (राष्ट्रमण्डल)की प्रमुख पनि थिइन्, जसमध्ये अधिकांश मूलतः गणतन्त्र हुन् । 

स्वतन्त्र राष्ट्रहरूको यो समुदायका प्रायः सबैजसो मुलुक बेलायती पूर्वउपनिवेश हुन् र उत्तर–साम्राज्यकालमा यी मुलुकले विश्वभर ‘बेलायती सम्बन्ध’ बरकरार राख्न महत्वपूर्ण भूमिका खेलेका छन् । यो सम्बन्ध ऐतिहासिक स्मृति मात्र हो वा यसले विश्वको मामिलामा कुनै महत्व पनि राख्छ ? यदि राख्छ भने महारानीको निधनपछि यो कति समय टिक्छ ? बेलायतले युरोपेली संघ त्यागेको सन्दर्भमा यी प्रश्न ठूलो चासोका विषय बनेका छन् ।

उन्नाइसौँ शताब्दीको प्याक्स ब्रिटानिका युग (ब्रिटिस साम्राज्यले वैश्विक आधिपत्य जमाएर विश्वमा पुलिसको भूमिका ओगटेको सन् १८१५ देखि १९१४ बीचको कालखण्ड)मा बेलायतले आफ्नै बलबुतामा विश्वभर शक्तिको अभ्यास गर्यो । कुनै समय, बेलायती साम्राज्यमा कहिल्यै सूर्य अस्ताएन, बेलायती जलसेनाले समुद्रमा राज ग¥यो, बेलायती वित्तले अन्तर्राष्ट्रिय बजारमा वर्चस्व जमायो अनि बेलायतले युरोपेली शक्ति सन्तुलन कायम राख्यो । पहिलो विश्वयुद्धको अन्त्यसँगै बेलायतको विश्वव्यापी शक्तिको हैसियतलाई गम्भीर रूपमा क्षति पुग्यो, तदनुरूप अन्य दाबेदारहरू बलिया भन्न पुगे र बेलायतको ‘वैभवशाली अलगाव’को युग (इतिहासका पानामा लेखिएजति वैभवशाली भने बेलायत कहिल्यै थिएन) समाप्त भयो । 

पहिलो विश्वयुद्धको नतिजालाई दोस्रो विश्वयुद्धले पुनः पुष्टि गरेपछि बेलायती विदेश नीति ‘तीन वृत्तको’ सिद्धान्तमा केन्द्रित भयो । विश्वमा बेलायतको प्रभाव उसको अमेरिकासँगको ‘विशेष सम्बन्ध’, उसको राष्ट्रमण्डलको प्रमुखको हैसियत र युरोपमा यसको स्थितिमा निर्भर हुन पुग्यो । यी अतिव्यापी एवं पारस्परिक रूपले सुदृढ वृत्तहरूको सदस्यबाट बेलायतले आफ्नो कडा र नरम शक्तिलाई अधिकतम बनाउने र आफ्नो सैन्य एवं आर्थिक ‘लघुता’को असरलाई कम गर्ने अपेक्षा राखेको थियो । 

बेलायतका यी तीनवटै भूमिकालाई भिन्न–भिन्न बेलायती सरकारले फरक–फरक महत्व दिने गरेका छन् । यीमध्ये बेलायतले सबैभन्दा बढी महत्व द्वितीय विश्वयुद्धबाट सुरु भएको अमेरिकासँगको सम्बन्धलाई दिने गरेको छ । यहीकारण, अमेरिका बेलायतको सैन्य एवं आर्थिक अस्तित्वको सुनिश्चितताका लागि त्यसवेलादेखि नै प्रतिबद्ध छ । विश्वयुद्धको पाठलाई बेलायतले कहिल्यै बिर्सिएको छैन । बेलायत सबै अन्तर्राष्ट्रिय कदममा अमेरिकाको भरपर्दाे साझेदार बन्ने र बदलामा बेलायतले अन्य विदेशी मुलुकको तुलनामा अमेरिकी सद्भावनाका अतिरिक्त लाभ उठाउन सक्नेछ, उनीहरूको समझदारी छ । यो सम्बन्ध व्यावहारिक देखिए पनि साझा भाषा र साम्राज्यवादी इतिहासविना यस्तो सम्बन्ध विकास हुन वा टिक्न असम्भवप्रायः छ । 

दोस्रो वृत्तमा प्रमुख घटकको रूपमा साम्राज्यवादी इतिहास छ । सन् १९१४को बेलायती साम्राज्य नै सन् १९३१ मा ब्रिटिस कमनवेल्थ (बेलायती राष्ट्रमण्डल) र त्यसपछि राष्ट्रमण्डल बन्यो । राष्ट्रमण्डलमा महारानी आलंकारिक प्रमुख बनिन् । यसको प्रभाव यसको विश्वव्यापी पहुँचमा निर्भर थियो । ब्रिटिस साम्राज्यपश्चात् राष्ट्रमण्डल नै हरेक महादेशमा फैलिएका एक मात्र विश्वव्यापी संगठन (संयुक्त राष्ट्रसंघ र यसका एजेन्सीहरूबाहेक) थियो । 

यो कालखण्डमा युरोपेली सोच भएका एक मात्र बेलायती प्रधानमन्त्री एडवार्ड हिथ रहे । बाँकी ब्रिटिस सरकारहरूले युरोपसँगको व्यापार एवं पर्यटनबाट कसरी अधिकतम लाभ लिन सकिन्छ भनेर मात्रै चासो दिए ।

राष्ट्रमण्डलले बेलायतसँगको सम्बन्धलाई विशेषतः दुई किसिमले जोगाएको छ । पहिलो, सन १९३२ को शाही प्राथमिकता प्रणाली र सन् १९३९मा औपचारिकता दिइएको पाउन्ड स्टर्लिङ क्षेत्र । यी दुवै सन् १९७०को दशकसम्म चलिरहे । दोस्रो, जुन सम्भवतः सबैभन्दा महत्वपूर्ण कारण हो, अर्थात् महारानीले अत्यधिक समर्थन गरेको बहुजातीय चरित्रको राष्ट्रमण्डलको निर्माण । बहुजातीयताले जातीय राष्ट्रवादबाट उत्पन्न हुने विश्वव्यापी तनाव र ‘मातृ देश’ अर्थात् बेलायतमा हुने जातीय सर्वाेच्चता दुवैलाई मत्थर पार्ने काम गर्यो । बहुसांस्कृतिक बेलायत पुरानो बहुसांस्कृति साम्राज्यकै तार्किक अभिव्यक्ति हो । 

युरोपसँगको सम्बन्ध सबैभन्दा कमजोर रह्यो र सबैभन्दा चाँडो टुट्यो । यसो हुनुका पछाडि युरोपमा बेलायतको ऐतिहासिक रूपमा रहेको नकारात्मक स्थिति जिम्मेवार रह्यो अर्थात् आफ्नो सैन्य सुरक्षा एवं आर्थिक जनजीविकालाई खतरामा पार्नबाट रोक्न उसले इयूसँगको सम्बन्धलाई टुंग्याउन चाह्यो । यही ध्येयले बेलायतले सम्बन्ध सेतुले ब्रिटिस च्यानल (बेलायतलाई युरोप जोड्ने जल क्षेत्र)लाई जोड्न समर्थ महादेशीय शक्ति सिर्जना गर्ने सबै प्रयासको विरोध गरिरह्यो । किनभने ऊबाट युरोप केवल २० माइल टाढा रहेकाले उसले त्यहाँ युरोपमा कुनै खराब चिजहरू नहून् भनेर सदा सतर्क रहनुपर्ने हुन्थ्यो । 

प्रसिद्ध अर्थशास्त्री जोन मेनार्ड किन्सले बेलायतको यो महादेशप्रतिको अरुचिको यो स्थायी अथवा ऐतिहासिक प्रवृत्तिलाई लिएर लेखै लेखेका छन् । उनले सन् १९१९ मा उनले ‘इंग्ल्यान्ड युरोपभन्दा बाहिरको मुलुक हो’ र ‘युरोपका आवाजविहीन स्पन्दन इंग्ल्यान्ड पुग्दैनन् : युरोप अलग हो र इंग्ल्यान्ड युरोपको अंग होइन’ भनेर लेखेका थिए । लेबर पार्टीका नेता हग गेट्सकेलले सन् १९६२ मा कमनवेल्थको कार्ड खेल्दै यही अलगावको भावनालाई जगाएका थिए । उनले युरोपेली आर्थिक समुदायमा सामेल भएर ‘हजार वर्षको इतिहास’ नत्याग्न आफ्नो पार्टीलाई आग्रह नै गरेका थिए । 

युरोपप्रति बेलायतको नीति जहिले पनि अमेरिकी नेतृत्वको नेटोबाट स्वतन्त्र तेस्रो शक्तिको उदयलाई रोक्ने रहेको छ । यसैकारण तत्कालीन फ्रान्सेली राष्ट्रपति चाल्र्स डे गउलले युरोपियन इकोनोमिक कम्युनिटीमा बेलायतले सन् १९६३मा सहभागी हुन पाऊँ भनेर गरेको निवेदनलाई बेलायतका नाममा अमेरिका प्रवेश गर्ने चाल भन्ने दाबी गर्दै भिटो प्रयोग गरेर रोकेका थिए । हुनत, प्रधानमन्त्री टोनी ब्लेयर बेलायतलाई युरोपको ‘मुटु’ बनाउन चाहन्थे, तर बेलायतले सन् १९७४ देखि २०२१ सम्म डु गलले इंगित गरेको चाल युरोपेली संघमा चालिरह्यो । यो कालखण्डमा बेलायतका एक मात्र युरोपेली सोच भएका प्रधानमन्त्री एडवार्ड हिथ मात्र रहे । बाँकी ब्रिटिस सरकारहरूले युरोपसँगको व्यापार एवं पर्यटनबाट कसरी अधिकतम लाभ लिन सकिन्छ भनेर मात्रै चासो दिए । युरोपको राजनीतिक चरित्रबाट आफूलाई अछुत राख्न हरसम्भव प्रयास जारी राखे । युरोपेली संघलाई घाइते बनाएर बेलायत अहिले पूर्वी युरोपमा नेटो विस्तारको अमेरिकी योजनामा लागिपर्नुमा कुनै आश्चर्य छैन ।   

यस अर्थमा बेलायतसँग दुई कूटनीतिक वृत्त मात्रै बाँकी छन् । ब्रेक्जिट (बेलायतले युरोपेली संघ परित्याग गर्नु)को सन्दर्भमा महारानीको विरासत स्पष्ट छ । आफ्नो पदीय हैसियत र व्यक्तिगत गुणहरूको माध्यमबाट महारानी राष्ट्रमण्डललाई बेलायतको साउथ प्यासिफिक सैन्य गठबन्धनजस्ता   कडा शक्तिको मञ्च बनाउन सफल भएकी थिइन् । सख्त(कडा) शक्तिका बारे जेसुकै भन्न सकिए पनि बेलायतको नरम शक्तिका रूपमा रहेका व्यापारिक सम्बन्ध, एसिया र अफ्रिकामा रहेको उसको सांस्कृतिक प्रतिष्ठा एवं बहुसांस्कृतिक आदर्श अहिलेको बढ्दो जातीय, धार्मिक एवं भूराजनीतिक द्वन्द्वका वेलामा एक वैश्विक सम्पत्ति हो । 

यी बाँकी रहेका दुई कूटनीतिक वृत्तले गुमेको तेस्रो वृत्तको भर्पाई गर्छ भन्नेमा चाहिँ सन्देह गर्नुपर्ने ठाउँ मौजुद छ । प्रश्न उठ्छ, राष्ट्रमण्डल दिवंगत महारानीको दीर्घायुमा कत्तिको निर्भर थियो र उनका उत्तराधिकारीले यसको कत्तिको संरक्षण गर्न सक्लान् भन्ने प्रश्न भने अनुत्तरित नै छन् । 

सुझावित समाचार