पुष्प र आशाको ‘दुई नम्बरी’ सार्वजनिक

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

मोडल पुष्प खड्का र आशा पौडेल अभिनीत ‘दुई नम्बरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बी पाण्डेको शब्द, सुवास भुसालको संगीत तथा मेलिना राई र किरण गजमेरको स्वर रहेको छ। गीत एरेन्ज भने उदयराज पौडेलले गरेका छन्।

अविरा क्रिएसनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। मानकृष्ण महर्जनले छायांकन गरेका म्युजिक भिडियोमा सुनिता श्रेष्ठ र अविरा क्रिएसनको ड्रेस, सरस्वती श्रेष्ठको मेकअप, बन्दे प्रसादको सम्पादन र राजेन्द्र मोक्तानको कलर करेक्सन समावेश छ।

सुझावित समाचार