कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

कोकाकोलाले यो वर्षको दसैँका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन सुरु गरेको छ । दसैँको अवसरमा मुख्य रूपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मीठा–मीठा परिकारहरू बनाएर खाने परम्परालाई थप रमाइलो बनाउन कोकाकोलाले यो योजना ल्याएको हो । यसका लागि कम्पनीले चंगा उडाएको, टीका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेकोजस्ता पाँचवटा विभिन्न चित्रअंकित लेबलहरू भएको बोतल दसैँको समयमा बजारमा ल्याउने गरेको जनाएको छ ।

कोकाकोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको योजनालाई लिएर म एकदमै उत्साहित छु, किनकि यसले ठ्याक्कै दसैँको मुख्य आकर्षणलाई प्रतिबिम्बित गरेको छ ।’ यो आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मीठो–मीठो परिकारहरू बनाएर सँगै बसेर खाने अवसर भएको र दसैँ विशेष कोक बोतलले थप रोमाञ्चकता दिलाउने उनको भनाइ थियो । 

कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हामी हरेक वर्षको दसैँमा हाम्रा उपभोक्ताका लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ । हाम्रो यो वर्षको दसैँ क्याम्पेन ट्यागलाइन सम्बन्धको उत्सवले हाम्रा उपभोक्तालाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्नेछ भन्ने हामीले आशा लिएका छौँ ।’

कोकाकोलाले यो वर्ष बिबिसी मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैँमा खाइने मुख्य पाँचवटा परिकारहरूको रेसिपी पनि सार्वजनिक गरेको जनाएको छ । 

सुझावित समाचार