थाइल्यान्डको बैंककमा रहेको ‘रोयल थाई आर्मी वार कलेज’मा बुधबार भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
थाई सेनाका उपप्रवक्ता सिरिचन नगाथोङका अनुसार ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए ।
घटनापछि उनलाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको उपप्रवक्ताले बताएका छन् । गोली चलाउनुको कारण अझै स्पष्ट नभएको उनको भनाइ छ ।