ढाकामा भारी वर्षा

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण
ढाकामा भारी वर्षा

तस्बिर : सिन्ह्वा

बंगलादेशको राजधानी ढाकाका भारी वर्षा भएको छ । बुधबार भएको भारी वर्षाका कारण होचो क्षेत्रमा रहेका बस्ती जलमग्न बनेका छन् ।

वर्षाका कारण सडक यातायात अवरुद्ध भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई करोडभन्दा बढी जनसंख्या रहेको यस सहरका केही सडक, गल्ली र सहायक गल्लीहरूमा करिब दुई फिट पानी जमेको छ । 

ढाकामा पछिल्लो २४ घण्टामा ५३ मिलिमिटर वर्षा भएको त्यहाँको मौसम विज्ञान विभाग (बिएमडी) ले जनाएको छ । बंगलादेशमा मनसुन सक्रिय रहेकाले देशभर मध्यमदेखि भारी वर्षासमेत भएको छ ।
 

सुझावित समाचार